राजस्व चुहावट रोक्नका लागि राजस्व प्रशासनको पारदर्शिता आवश्यक: गोकुल बाँस्कोटा



काठमाडौं । नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले राजस्व चुहावट रोक्नका लागि राजस्व प्रशासनको पारदर्शिता आवश्यक रहेको बताए ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा भन्सार विधेयकमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका छन् । उनले सरकारले प्रक्षेपण गरेको जति राजस्व उठ्न नसकेको बताए ।

उनले राजस्वका नाकाहरुमा पारदर्शिता नभएको, मुल नाकाहरु भन्दा बाहिरबाट सामान आयात निर्यात भएको बताए । उनले भन्सार तोकिएका वस्तुहरुको मूल्य फरक हुनुले पनि कतिपय ठाउँमा समस्या आइरहेको उल्लेख गरे ।

‘अहिले सरकारले जति प्रक्षेपण गरेको छ राजस्व संकलनको आजका मितिमा आजको दिनको जति लक्ष्य टार्गेटिट हो, त्यो भन्दा १२० अर्ब भन्दा कम राजस्व उठेको छ । यस्तो किन भयो । यो विधेयकले कानून बनेपछि त्यसलाई अन्त्य गर्ने विश्वास व्यक्त गर्न सकिन्छ । राजस्वका नाकाहरुमा पारदर्शिता छैन । मुल नाकाहरु भन्दा बाहिरबाट सामान आयात निर्यात भएको छ । भन्सार तोकिएका वस्तुहरुको मूल्य फरक छ । त्यस स्थितिलाई रोक्नका निम्ति राजस्व प्रशासनको पारदर्शिता, राजस्व क्षेत्रमा हस्तक्षेप हटाउने, जवाफदेही बनाउने कुरा र राजस्वलाई देश निर्माणको आधार बनाउने गरी यो अघि बढ्न सकोस्’ उनले भने ।


क्लिकमान्डु