सेयर बजारमा सामान्य गिरावट, साढे ३ अर्ब बढीको कारोबार



काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । बजार मापन गर्ने सूचक ६.२४ अंकले परिसूचक २०६७.२९ बिन्दु कायम भएको छ ।

३०७ कम्पनीको ९४ लाख ७८ हजार ९३३ कित्ता सेयर ३ अर्ब ६३ करोड ३९ लाख ३६ हजार ५५४ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा बैंकिङ समूहको ८.७३, विकास बैंक ३०.३४, होटल ३१.२०, जलविद्युत १२.३५, उत्पादत तथा प्रशोधन ९५.९४, निर्जीबन बिमा ३३.८९, ट्रेडिङ समूहको उपसूचक ३७.६७ अंकले घटेको छ । कारोबारमा माइक्रोफाइनान्स ७९.०४, जीवन बिमा ७.१०, वित्त समूहको उपसूचक ४०.८९ अंकले बढेको छ ।

कारोबारमा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुद्धभुमि नेपाल हाईड्रोपावर, सर्वोत्तम सिमेन्ट, धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको २५ करोड ९७ लाख २२ हजार ३६७ रुपैयाँको सेयर किनेबच भएको छ । दोस्रो र तेस्रो स्थानमा सोनापुर मिनरल्स एण्ड आयल कम्पनी र गोर्खाज फाइनान्स रहेको छ । कारोबारमा १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने १२४ कम्पनीको घटेको छ ।


क्लिकमान्डु