![](https://clickmandu.com/wp-content/uploads/2024/03/artha-mantralaya-and-barsaman-pun.png)
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले कर्मचारीको नयाँ टिम बनाउने तयारी गरेका छन् । फागुन २३ गते अर्थमन्त्रालयको नेतृत्व सम्हाल्लेका पुनले कर्मचारी हेरफेर गर्ने तयारी गरेका हुन्।
स्रोतका अनुसार अर्थमन्त्री पुन अर्थ सचिवमा कृष्णहरी पुष्करलाई निरन्तरता दिने पक्षमा छन् । तर, माओबादी निकट कर्मचारीहरुले पुष्करलाई अर्थसचिवबाट हटाउनु पर्ने माग गरिरहेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री पुनले विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषसँग बैठक गर्न अमेरिका जान अनुमति दिएकाले पुष्करले अर्थ सचिवमै निरन्तरता पाउने सम्भावना छ ।
तर, माओवादी तथा एमाले निटक केही कर्मचारीले पुष्करलाई अर्थ सचिवबाट हटाएर हाल राजस्व सचिव रहेका रामप्रसाद घिमिरेलाई अर्थ सचिव बनाउन लबिङ गरिरहेका छन् ।
अर्थसचिवबाट पुष्करलाई हटाएको अवस्थामा राजस्व सचिव घिमिरलाई अर्थ सचिवको जिम्मेवारी दिने सम्भावना छ ।
अर्थमन्त्री पुनले बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी रितेश शाक्य वा बलराज रिज्याललाई दिने तयारी गरेका छन् ।
हाल बजेट महाशाखा प्रमुख उत्तरबहादुर खत्री छन् । निवर्तमान अर्थमन्त्री प्रकाश शरण महतले खत्रीलाई बजेट महाशाखामा लगेका थिए ।
आगामी आर्थिक वर्षको बजेट बनाउनु पर्ने र निर्माण व्यवसायीको करिब ४० अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेकाले अर्थमन्त्री पुनले विश्वासीलो ब्यक्तिलाई बजेट महाशाखामा लैजाने तयारी गरेका हुन् ।
अर्थमन्त्री पुनले हाल राजस्व व्यवस्थापन महाशाखामा रहेका रितेश शाक्य वा गण्डकी प्रदेशमा रहेका बलराम रिज्यालमध्ये एक जनालाई बजेट मशाशाखाको जिम्मेवारी दिने स्रोतले जनकारी दिएको छ ।
शाक्य जनार्दन शर्मा अर्थमन्त्री हुँदा बजेट महाशाखा प्रमुख थिए । यस्तै, रिज्यालले २०६८ सालमा पुन अर्थमन्त्री बन्दा केन्द्रिय बजेट प्रमुख भएर काम गरेका थिए ।
अर्थमन्त्री पुनले शिवलाल तिवारीलाई पनि अर्थमन्त्रालयमा ल्याउने तयारी गरेका छन् । २०६८ सालमा पुन अर्थमन्त्री हुँदा निजी सचिव बसेका तिवारी जनार्दन शर्मा अर्थमन्त्री हुँदा ठूला करदाता कार्यालय प्रमुख थिए ।
अहिले तिवारीलाई आन्तरिक राजस्व विभागको महानिर्देशक वा संस्थान समन्वय तथा वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाको जिम्मेवारी दिने तयारी गरिएको छ ।
भुपाल बराल गत माघ १७ गते आन्तरिक राजस्व विभागको महानिर्देशक भएकाले तत्कालै बरालालाई फेर्न नहुने पक्षमा पुन छन्।
तर, बराललाई हटाएर तिवारीलाई विभाग प्रमुख बनाउने विषयमा समेत अर्थ मन्त्रालयमा छलफल भएको स्रोतले जानकारी दिएको छ ।
विष्णु पौडेल अर्थ मन्त्री हुँदा अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख भएका श्रीकृष्ण नेपाललाई पनि फेर्ने पक्षमा अर्थमन्त्री पुन रहेको स्रोतले जानकारी दिएको छ ।
विष्णु पौडेल अर्थमन्त्री हुँदा महाशाखा प्रमुख भएका नेपाललाई हटाउन नेपाली कांग्रेस निकट कर्मचारी युनिएनले दबाव दिएपनी तत्कालिन अर्थमन्त्री महतले नेपाललाई अन्तर्राष्ट्रिय आर्थिक महायता समन्वय महाशाखा प्रमुखका निरन्तरता दिएका थिए ।
हाल अर्थमन्त्रालयभन्दा बाहिर रहेका रिज्याल र तिवारीका अतिरिक्त कमल भट्टराई, सुमन दाहाल, जिवलाल भुसाल, ढुण्डी निरौलाले समेत अर्थ मन्त्रालय आउने लबिङ गरिरहेको स्रोतले जानकारी दिएको छ ।
तर, अर्थमन्त्रालयबाट बाहिरिने कर्मचारी एकिन हुन नसकेकाले अहिने नै अर्थ मन्त्रालयमा भित्रिने कर्मचारी एकिन नभए पनि तिवारी र रिज्याल अर्थ मन्त्रालयमा आउने निश्चित भएको कर्मचारीवृत्तमा चर्चा छ ।
प्रतिक्रिया