सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँल घटेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ४ सय रुपैयाँ कायम भएको थियो । आइतबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख २५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २४ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

साथै, आइतबार चाँदीको मूल्य १५ रुपैयाँले बढेर १५ सय ३० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु