लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न



काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभामा संचालक समितिका अध्यक्ष निकोलस पाण्डेले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९-०८० को वार्षिक प्रतिवेदन पारित भएको छ ।

सभाले आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षकको प्रतिवेदन सहित २०८० अषाढ मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु सहित अनुसूचीहरु पारित गरेको छ ।

सभाबाट आर्थिक वर्ष २०७९/०८० को लागि संचालक समितिबाट नियुक्त बाह्य लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक अनुमोदन गर्ने निर्णय र आर्थिक वर्ष २०८०/०८१ को लागि बाह्य लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित भएको छ ।

सभाबाट संस्थापक शेयरधनीका तर्फबाट सञ्चालक समितिको सदस्यमा ४ जना शेयरधनीहरु निर्विरोध निर्वाचित भएका छन् ।

सभाले आशिष सिंहलाई ४ वर्षको लागि स्वतन्त्र विशेषज्ञ सञ्चालक चयन गरेको छ ।


क्लिकमान्डु