रुसी सेनामा भर्ना भएका थप ७ नेपालीको मृत्यु



काठमाडौं । रुसी सेनामा भर्ती भएका थप ७ जना नेपालीको मृत्यु भएको छ ।

परराष्ट्र मन्त्रालयले पछिल्लो पटक युक्रेनसँगको युद्धका क्रममा रुसी सेनामा भर्ती भएका ७ नेपाली युवाको मृत्यु भएको जनाएको हो ।

यसअघि सरकारले १३ जना नेपालीको मृत्यु भएको जनाएको थियो भने अहिले ७ जना थप भएका हुन् ।

परराष्ट्र मन्त्रालयले परम्परागत सम्झौताअन्तर्गत केही देशका राष्ट्रिय सेनामाबाहेक अन्यमा नेपाली नागरिक भर्ना हुन अनुमति दिने सरकारको नीति नरहेको जनाएको छ । तर रुसी सेनामा भर्ना हुने क्रम रोकिएको छैन ।

रुसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई फिर्ता गराउन सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको मन्त्रालयले जनाएको छ।

पछिल्लो पटक ज्यान गुमाउने
१. पूर्ण बहादुर गुरुङ- धादिङ
२. नवीन शाही- जाजरकोट
३. पदम बहादुर घिमिरे- उदयपुर
४. गंगा राम अधिकारी-झापा
५. जितबहादुर विक-बाग्लुङ
६. सञ्जय केसी-बाँके
७. सुन्दर मोक्तान-रसुवा


क्लिकमान्डु