प्रचण्ड, ओली र माधव नेपालबीच भेटवार्ता, के भयो कुराकानी ?



काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताबीच भेटवार्ता भएको छ ।

राष्ट्रिय सभामा अध्यक्ष चयनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच मंगलबार बिहान भेटवार्ता भएको हो ।

प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा राष्ट्रिय सभाको निर्वाचनका साथसाथै प्रधानमन्त्रीले लिने विश्वासको मतका सम्बन्धमा समेत छलफल भएको जनाइएको छ ।
आज ११ बजेर ९ मिनेटपछि बस्ने राष्ट्रिय सभाको बैठकबाट नयाँ अध्यक्ष चयन हुनेछन् भने प्रधानमन्त्री प्रचण्डले भोलि प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् ।

हिजो बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले आफूहरुसँग लिखित समझदारी नगरे प्रधानमन्त्रीलाई विश्वासको मत दिन बाध्य नहुने चेतावनी दिएको थियो ।

प्रधानमन्त्रीले विश्वासको मत पाए लगत्तै प्रदेश सरकार हेरफेरमा लाग्ने नयाँ गठबन्धनमा रहेका दलहरुको तयारी छ । यस सन्दर्भमा समेत शीर्ष नेताहरुबीच छलफल भएको छ ।


क्लिकमान्डु