लुक्ला उडेको एयर डाइनेस्टीको हेलिकप्टरमा चरा ठोक्कियाे, सामान्य क्षति



काठमाडौं । काठडमाडौंबाट शुक्रबार बिहान लुक्ला उडेको एयर डाइनेस्टीको हेलिकप्टरमा चरा ठोक्किएको छ । चरा ठोक्किएर हेलिकप्टरमा सामान्य क्षति भएको भएपनि मानवीय क्षति भने भएको छैन । काठमाडौंबाट उठेको करिब ७ नटिकल माइल (१२ किलोमिटर) पूर्वतर्फ पुगेपछि चरा ठोक्किएको हो । ९एन–एएनए कलसाईको उक्त हेलिकप्टरमा चरा ठोकिदा सामान्य क्षति भएकोले हेलिकप्टर फर्किएर त्रिभुवन विमानस्थलमै सकुशल अवतरण गरेको छ

चरा ठोक्किएपछि हेलिकप्टर तत्काल त्रिभुवन अन्ताष्टिय विमानस्थल फर्किएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । हेलिकप्टर चालक तथा यात्रु सुरक्षित रहेका छन । विमानस्थल कार्यालयका अनुसार बिहान सवा १० बजे हेलिकप्टरमा चरा ठोक्किएको हो । यो हेलिकप्टर ५ सिट क्षमताको हो । काठमाडौंबाट पूर्वतर्फ उड्दाउड्दै चरा ठोक्किएको थियो ।


क्लिकमान्डु