पीडितको पैसा फिर्ता गर्ने हो भने सहकारीको नाममा ब्रम्हलुट गर्नेलाई मन्त्री बनाउनुः चित्रबहादुर केसी



काठमाडौं । सांसद चित्रबहादुर केसीले सहकारी पीडितको पैसा फिर्ता गर्ने हो भने सहकारी संस्थाका नाममा बचतकर्तालाई ठग्नेलाई नै मन्त्री बनाउन सरकारलाई सुझाव दिएका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका पूर्वमन्त्री समेत रहेका केसीले बिहीबार प्रनितिधि सभाको बैठकमा सरकारलाई यस्तो सुझाव दिएका छन् ।

अहिले बनेको सरकारमा कस्ता कस्ता मान्छे आएको छन् सबैलाई हेर्न केसीले आग्रह गरे । ‘तपाईहरु सहकारीको यत्रो चर्का कुरा गर्नुहुन्छ’ उनले भने, ‘जसले सहकारीको नाममा ब्रम्हलुट बच्चाएको छ, तिनै महानुभावलाई महानुभावलाई सहकारी मन्त्री बनाउनुसत । अनी सहकारीबाट पीति भएको, सहकारीबाट लुटिएकाले न्याय पाउँछन् ।’

कुनै मान्छेको इतिहास के छ, चरित्र के छ त्यसमा बामपन्थी नेताहरुलाई कुनै मतलब नभएको बताए । ‘कसलाई मिसाउँदा आफ्नो स्वार्थ पुरा हुन्छ, त्यता लाग्नुहुन्छ’ उनले भने ‘विदेशीको एजेन्ड पनि बोक्नु हुन्छ । तर सत्तामा ज्यान गए नछोडने ।’


क्लिकमान्डु