अर्थतन्त्र संकटमा होइन मन्दीमा परेर चलायमान नभएको हो, सुधार्न सकिन्छ: अर्थमन्त्री पुन



काठमाडौं । अर्थमन्त्री वर्षामान पुनले बुधबार अर्थमन्त्रीका रुपमा पदभार ग्रहण गरेका छन । अर्थमन्त्री पुनले पदभार ग्रहण गर्दै आम सर्वसाधरण र निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनलले मुलुकको वर्तमान अर्थतन्त्र संकटमा नभएर मन्दीमा रहेको बताए ।

अर्थतन्त्रमा रहेका चुनौतीहरुलाई सबै भन्दा पहिला सबै अन्तरमन्त्रालयसँग समन्वय गरेर समाधान गरिने छ । त्यसपछि अर्थतन्त्रको चुनौतीलाई प्रधानमन्त्रीले मुख्य कामको रुपमा सुशासन पहिलो प्राथमिकता र आर्थिक समृद्धिको गर्ने प्राथमिकता निर्धारण गर्ने र त्यही अनुसार काम गर्ने उनले बताए ।

नयाँ गठबन्धनले त्यसैलाई आत्मसाथ गरेको भन्दै उनले थपे सरकारको प्राथमिकता प्रधानमन्त्रीको निर्देशनमा रहेर सबै क्षेत्रको मनोवल उठाएर आशा जगाउने गरी काम गर्न अर्थमन्त्रीको रुपमा आएको हुँ । सन् २००८मा विश्व व्यापी आर्थिक संकट लगतै २०११मा अर्थमन्त्रीको जिम्मेवारीमा सम्हालदा पनि त्यो बेलाको संकट समाधान गरेको भन्दै अहिलको समस्याप्रति समाधान गर्नसक्ने अवस्थामा रहेको भनाइ उनको छ ।

आर्थिक मन्दीको बेलामा पनि आर्थिक वृद्धिदर ५ प्रतिशत गरेको अनुभवका आधारमा काम गर्ने भन्दै उनले अर्थतन्त्रको केही ठाउँमा शिथिलताहरु रहेको औल्याए । त्यस्ता समस्यालाई प्राथमिकताका साथ समधान गर्ने भनाइ पनि पुनको छ । उनले सार्वजनिक क्षेत्रमा केही समस्या रहेको भन्दै त्यसलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता पनि ब्यक्त गरेका छन ।

अहिले राजस्व संकलन १० प्रतिशतको वृद्धि भएको भन्दै अब अर्को महिना देखि दोब्बर वृद्धि गर्ने प्रतिवद्धता व्यक्त गर्न भ्याए । आाफूले बोलेर भन्दा पनि काम गरेर देखाउने अर्थमन्त्री पुनको भनाइ छ ।

उनले भने,‘अर्थतन्त्रमा संकट नै होइन । मन्दीमा परेर चलायमान कम भएको हो । अर्थतन्त्रमा चुनौतीहरु छन् । चुनौतीहरुलाई प्रधानमन्त्रीले मुख्य कामको रुपमा सुशासन पहिलो प्राथमिकता र आर्थिक समृद्धिको गर्ने प्राथमिकता निर्धारण गरिएको छ । नयाँ गठबन्धनले पनि त्यसैलाई आत्मसाथ गरेको छ । सरकारको प्राथमिकता प्रधानमन्त्रीको निर्देशनमा रहेर सबै क्षेत्रको मनोवल उठाएर आशा जगाउने गरी काम गर्ने पनि उनको भनाइ छ ।’

उनले भने,‘अर्थतन्त्रमा संकट नै होइन । मन्दीमा परेर चलायमान कम भएको हो । अर्थतन्त्रमा चुनौतीहरु छन् । चुनौतीहरुलाई प्रधानमन्त्रीले मुख्य कामको रुपमा सुशासन पहिलो प्राथमिकता र आर्थिक समृद्धिको गर्ने प्राथमिकता निर्धारण गरिएको छ । नयाँ गठबन्धनले पनि त्यसैलाई आत्मसाथ गरेको छ । सरकारको प्राथमिकता प्रधानमन्त्रीको निर्देशनमा रहेर सबै क्षेत्रको मनोवल उठाएर आशा जगाउने गरी काम गर्ने पनि उनको भनाइ छ ।’

उनले थपे मेरो प्रतिवद्धता पनि हो । अहिले काम गर्न सजिलो छैन । २००८ मा विश्व व्यापी आर्थिक संकट लगतै २०११मा अर्थमन्त्रीको जिम्मेवारीमा आएको थियो । त्यति खेर पनि घरजग्गा, शेयर बजार, तरलता, सहकारीमा समस्या त्यति बेला पनि थिए । त्यो बेला पनि विश्वव्यापी आर्थिक मन्दीको असर पर्न दिएनौं । त्यो बेलामा पनि आर्थिक वृद्धिदर ५ प्रतिशत गरेका थियौं । त्यो अनुभव र आजको प्राथमिकतामा काम गर्न सकिन्छ ।’

पुनले भनेका छन,‘ सबै आम नागरिक,उद्योगी,व्यवसायीहरुलाई अनुरोध गर्न चाहन्छु । आशा जगाउन सक्छौं । अर्थतन्त्रको केही ठाउँमा शिथिलताहरु छन् । त्यसलाई हल गर्न सक्छौं । समस्याहरु कहाँ छन् थाहा भएकाले मेरो प्रयास अन्य मन्त्रालयहरुको सहकार्यमा समस्याहरु हल गर्न सकिन्छ । आशा जगाउन सकिन्छ । सबै क्षेत्र नराम्रो छैन । सार्वजनिक क्षेत्रमा केही समस्या छ । त्यसलाई प्राथमिकतामा राखेर काम गर्छु ।’

पुनले भने ‘राजश्व संकलन १० प्रतिशतको वृद्धि छ । अर्को महिना देखि दोब्बर वृद्धि गर्न सकिने आधारहरु छन् । मैले बोलेर भन्दा पनि काम गरेर देखाउन चाहन्छु । अर्थ मन्त्रालयको टिमलाई लिएर अभ्यास गर्दा सकिन्छ । अरुलाई आलोचना गरेर भन्दा पनि आफूले राम्रो गरेर काम गर्ने हो । विगतका अर्थमन्त्रीहरुले गरेको असल प्रयासलाई निरन्तरता दिँदै अनुभवलाई लिएर काम अगाडी बढाउँछु ।’


क्लिकमान्डु