बीवाईडीले घटायो एट्टो-३ को मूल्य, अब कति पर्छ ?



काठमाडौं । विश्वमा सबैभन्दा बढी बिक्री भइरहेको विद्युतीय गाडी बीवाईडीले इन्टरनेशनल मोडल एट्टो-३ (युवान प्लस)को मूल्य घटाएको छ । कम्पनीले एट्टो-३ (युवान प्लस)को मूल्य ११.७८ प्रतिशतले घटाएको हो ।

विद्युतीय सवारी साधन उत्पादनमा सबैभन्दा बढी हिस्सा ओगटेको बीवाईडीले सोमबार मूल्य घटाएको जानकारी दिएको हो ।

बीवाइडीले आफ्ना सबैजसो मोडलमा अपडेट भर्सन सार्वजनिक गरिरहेको छ । कम्पनीले एट्टो-३ को युवान प्लसको मूल्य २२ सय अमेरिकी डलरले कम गरेको जनाएको छ । उक्त मूल्य घटाएसँगै अब चीनमा एट्टो-३ को (युवान प्लस) मोडलको मूल्य १ लाख १९ हजार ८ सय यूएन (१६ हजार ६५० अमेरिकी डलर) कायम भएको छ ।

कम्पनीले सन् २०२३ सेप्टेम्बरमा च्याम्पीयन एडिशन बजारमा ल्याएको थियो । त्यस्तै, सन् २०२२ को फ्रेब्रअरीमा एसयूभी एट्टो-३ सार्वजनिक गरेको थियो । एट्टो-३ को अनर एडिशन कालो कलरमा पाउन सकिन्छ ।

गाडीमा अपग्रेटेड कन्टीन्यूवस भ्वाईस कलिङ सपोर्ट ककपिट प्रयोग गरिएको छ । त्यस्तै, डिलीङ्क ४.० इन्टेलीटेन्ट सिस्टम सहितको १५.६ इन्चको फ्लोटिङ टच स्क्रिनको सुविधा छ । नयाँ एडिशनमा कम्पनीले हिटपम्प सिस्टम अपग्रेड गरेको जनाएको छ ।


क्लिकमान्डु