निजामती कर्मचारीले सेयर किन्न पाउने



काठमाडौं । निजामती कर्मचारीले अब सेयर किन्न पाउने भएका छन् ।

सोमबार संघीय संसदको प्रतिनिधि सभामा दर्ता भएको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा र्कचारीले सेयर कारोबार गर्न पाउने व्यवस्था गरिएको छ ।

विद्येयकको परिच्छेद ९, दफा ८१ मा कम्पनी स्थापना वा सञ्चालन गर्न वा व्यापार व्यवसाय गर्न नहुने भन्ने व्यवस्था छ । उक्त व्यवस्थामा ‘ निजामती कर्मचारीले सरकारको स्वीकृति बिना कुनै बैंक, कम्पनी वा सहकारी संस्था स्थापना गर्न वा सञ्चालनको काममा भाग लिन तथा कानूनबमोजिम दर्ता गराउनुपर्ने कुनै व्यापार वा व्यवसाय गर्नु हुँदैन । तर खुल्ला बजारबाट सेयर खरिद गर्न वा आधारभूत सेयरधनी नहुने गरी एक प्रतिशत भन्दा कम संस्थापक सेयर खरिद गर्न सकिनेछ’ भन्ने व्यवस्था गरिएको छ ।


क्लिकमान्डु