प्रभु इन्स्योरेन्सले ५ प्रतिशत लाभांश दिने



काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले ५ प्रतिशत लाभांश दिने भएको छ ।

२० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/०८० को नाफाबाट ५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ४.७५ प्रतिशत रहेको छ भने कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश रहेको छ ।

यो प्रस्ताव बिमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु