अपर हेवाखोला हाइड्रोपावरले बनायो सेयरधनीको हात खाली



काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनीले सेयरधनीको हात खाली बनाएको छ । कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ ।

कम्पनीले चैत १६ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । युनियन हाउस अनामनगरमा हुने सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सानका विषयमा छलफल हुनेछ ।

यस्तै आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ । सभाले सर्वसाधरण सेयरधनीको प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको नियुक्ति गर्ने प्रस्ताव पारित गर्ने छ ।

सभा प्रयोजननका लागि कम्पनीले फागुन २४ गते बुक क्लोज गर्ने भएको छ । फागुन २३ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।


क्लिकमान्डु