सिंगटी हाइड्रो इनर्जीको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । आवेदन दिन चाहनेले कार्यालय समयसम्म मात्रै आवेदन दिन सक्नेछन् ।

सिंगटी हाइड्रोले फागुन २ गतेदेखि शतप्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले १ः१ अनुपातमा १ करोड ४५ लाख कित्ता सेयर निष्कासन गरेको छ ।

कम्पनीले १ सय रुपैयाँका दरले १ अर्ब ४५ करोड रुपैयाँको हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले पुस २२ गते बुक क्लोज गरिसकेको छ । पुस १९ गतेसम्म कायम लगानीकर्ताले सेयरमा आवेदन दिन पाउनेछन् । यसको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।

आवेदन कुमारी क्यापिटलका साथै कुमारी बैंक शाखा कार्यालयबाट आवेदन दिन सकिन्छ । धितोपत्र बोर्डबाट सी-आस्वा सदस्य लिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु