हिमालयन रि इन्स्योरेन्सको सीईओको तलब भत्ता ५ करोड ३३ लाख, आवासको पनि सुविधा



काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७९/०८० मा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई ५ करोड ३३ लाख ४२ हजार ६२६ रुपैयाँ तलब भत्ता भुक्तानी गरेको छ ।

कम्पनीको सीईओमा चन्द्रशेखरन रहेका थिए । यो अवधिमा कम्पनीले सीईओ, नायब प्रमुख कार्यकारी अधिकृत तथा एक जना कार्यकारी निर्देशकलाई आवास सुविधा दिएको जनाएको छ । यस्तै सीईओलाई सञ्चार, दुर्घटना बिमा तथा स्वास्थ्योपचार बिमा सुविधा दिएको छ । सीईओले पाएको उक्त तलब भत्ता बापत राज्यलाई ३९ प्रतिशत कर बुझाएका छन् ।

हाल कम्पनीको सीईओमा उपासना पौडेल रहेकी छिन् । उनी कम्पनीमा असोज दोस्रो साता नियुक्त भएकी हुन् ।

कम्पनीले अन्य प्रबन्धकलाई ७ करोड ४९ लाख ४९ हजार ८२४ रुपैयाँ तलब भत्ता दिएको जनाएको छ । कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई ४.२१ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत आवको नाफाबाट ४ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।


क्लिकमान्डु