सेयरधनीको हात खाली बनाएको शिखर इन्स्योरेन्सले बोलायो साधारणसभा



काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले चैत ९ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । सेयरधनीको हात खाली बनाएको कम्पनीले चैत ९ गतेका लागि सभा बोलाएको हो ।

कम्पनीको केन्द्रीय कार्यालय शिखर विज सेन्टरमा हुने सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । साथै, साधारण सभाले संस्थापकतर्फ ३ जना र सर्वसाधारण १ जना सञ्चालक निवार्चन गर्नेछ ।

सभा प्रयोजनका लागि फागुन २७ गते बुक क्लोज गर्ने भएको छ । २६ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।


क्लिकमान्डु