छुट्ला है सर्वोत्तम सिमेन्टको आईपीओमा आवेदन दिन



काठमाडौं । पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई निष्कासन भएको सर्वोत्तम सिमेन्ट कम्पनीको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो ।

आज कार्यालय समयसम्म मात्रै आवेदन दिन सकिने छ । आईपीओमा अहिले नै माग भन्दा बढी नै आवेदन परेको छ । कम्पनीले पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई फागुन १३ गतेदेखि कुल २७ लाख ७६ हजार ७६ कित्ता आईपीओ निष्कासन गरेको छ । आईपीओमा ५० देखि १० हजार कित्ताका लागि आवेदन दिन सकिने छ ।

कम्पनीले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आईपीओ निष्कासन गरेको हो । आईपीओमा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।


क्लिकमान्डु