सामुदायिक र विपिडब्लु लघुवित्तले बिहीबारदेखि एकीकृत कारोबार गर्ने



काठमाडौं । सामुदायिक र विपिडब्लु लघुवित्तले फागुन २४ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले सामुदायिक लघुवित्त वित्त र विपिडब्लु लघुवित्त एक आपसमा गाभिई ‘सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट एकीकृत कारोबारको अनुमति प्रदान गरेको जनाएको छ ।

साविकका दुवै संस्थाहरूको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिएपश्चात् बन्ने संस्थामा सर्नेगरी दुवै संस्थाबाट सञ्चालन हुँदै आएको सम्पूर्ण वित्तीय कारोबार एकीकृत रूपमा मिति २०८० फागुन २४ गते बिहीबारका दिनदेखि ‘सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट सञ्चालन हुने भएकोले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली, २०७३ (पाँचौं संशोधन, २०७९) को विनियम ११ को उप – विनियम (७) बमोजिम सर्वसाधारणको जानकारीको लागि सूचना प्रकाशित गरिएको राष्ट्र बैंको बैंक तथा वित्तीय संस्था नियमन विभागले जनाएको छ ।


क्लिकमान्डु