यी हुन् मनोज न्यौपानेसहित पक्राउ परेका १० कर्मचारी



काठमाडौं । प्रभु बैंकका सिनियर डेपुटी सीईओ मनोज न्यौपाने सहित १० जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले न्यौपानेसहित उनीहरुलाई पक्राउ गरेको हो ।

तत्कालीन सेञ्चुरी बैंकका सीईओ न्यौपाने मर्जपछि प्रभु बैंकमा सिनियर डेपुटी सीईओको रुपमा कार्यरत थिए । सेन्चुरी बैंकमा कार्यरत रहँदा प्रवाह भएको ऋणमा अनियमितता भएको भन्दै सीआईबीले उनीहरुलाई पक्राउ गरेको हो ।

सीआईबीले तत्कालीन सेञ्चुरी बैंकका पूर्वसीईओ तुलसीराम गौतमलाई पनि पक्राउ गरेको छ ।

सीआईबी स्रोतका अनुसार पक्राउ पर्नेमा न्यौपाने र गौतमसहित सविन घिमिरे, अनुपमा श्रेष्ठ प्रधान, सुवास बहादुर श्रेष्ठ, सुनील बस्नेत, दिलीप बराल, रमण श्रेष्ठ, दिपेश प्रधान र राजेश भण्डारी रहेका छन् ।


क्लिकमान्डु