तत्कालीन सेञ्चुरी बैंकका पूर्वसीईओ गौतम पक्राउ



काठमाडौं । तत्कालीन सेञ्चुरी बैंकका पूर्वसीईओ तुलसीराम गौतम पक्राउ परेका छन् ।

सेञ्चुरी बैंकबाट प्रवाह भएको ऋणमा अनियमितता भएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई पक्राउ गरेको हो ।

उनीसँगै प्रभु बैंकका सिनियर डेपुटी सीईओ मनोज न्यौपाने पनि पक्राउ परेका छन् ।

तत्कालीन सेञ्चुरी बैंकका सीईओ न्यौपाने मर्जपछि प्रभु बैंकमा सिनियर डेपुटी सीईओको रुपमा कार्यरत छन् । उनीहरुसँगै अन्य केही बाहलवाला बैंकका कर्मचारी पनि पक्राउ परेका छन् जो सेञ्चुरीबाट आएका थिए ।

देउराली बहुउद्देश्यीय सहकारी संस्थालाई ऋण प्रवाह गर्दा अनियमितता गरेको भन्दै उनीहरुलाई पक्राउ गरेको सीआईबीको दाबी छ ।


क्लिकमान्डु