सगरमाथा लुम्बिनी इन्स्योरेन्सले नगद लाभांश दिने



काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव बिमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु