साविकको ज्योति लाइफ इन्स्योरेन्सको लकिङ अवधि चैत २० मा सकिँदै



काठमाडौं । साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको लकिङ अवधि चैत २० गते सकिने भएको छ ।

कम्पनीका अनुसार संस्थापक समूहको, संस्थापक समूहबाट सर्वसाधारणमा परिणत भएको सेयर र कर्मचारीलाई छुट्याएको सेयरको लकिङ चैत २० गते सकिन लागेको हो ।

साविकको ज्योति लाइफ इन्स्योरेन्स सूर्या लाइफ इन्स्योरेन्स कम्पनीमा गाभिएर २०७९ पुस ७ गतेबाट सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाममा कारोबार भएको हो ।

साविकको ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका संस्थापक सेयरधनी तथा कर्मचारीहरुको स्वामित्वमा रहेको सेयर एंव संस्थापक समूहबाट सर्वसाधारण समूहमा परिणत भएकोले चैत २० गतेबाट लकइन अवधि सकिने जनाएको छ ।

कम्पनीमा मर्जर पश्चात संस्थापकको १ करोड १ लाख ७५ हजार ९७९ कित्ता, संस्थापक समूहबाट सर्वसाधारणमा परिणत भएको ३७ लाख ९१ हजार ५१ कित्ता र कर्मचारीको नाममा २ लाख ९९ हजार २९३ कित्ता सेयर स्वामित्व रहेको छ ।


क्लिकमान्डु