दुई पटक बस्न नसकेपछि पुनः बोलायो नेसनल हाइड्रोपावरले साधारणसभा



काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनीले पुनः बार्षिक साधारणसभा बोलाएको छ ।

यसअघि बोलाएको सभामा गणपूरक संख्या नपुगेपछि पुन फागुन ३० गतेका लागि सभा बोलाएको हो । कम्पनीले यसअघि मंसिर २२ र पुस ६ गते बोलाइएको सभामा गणपूरक संख्या नपुगेपछि स्थगित भएको थियो ।

डेलिश ओपेरा रेष्ट्रो एन्ड ब्यांकेट बालुवाटारमा बिहान ११ बजेदेखि सुरु हुने सभा सेयरधनीका लागि भने उत्साहप्रद छैन । यो पटक कम्पनीले सेयरधनीको हात खाली बनाएको छ ।

सभामा कम्पनीको आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सानसम्बन्धी छलफल, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर ७ गते बुक क्लोज गरेको छ । मंसिर ६ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउने छन् ।


क्लिकमान्डु