आजबाट प्रिबजेट छलफल



काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटबारे पूर्वछलफलका प्रतिनिधि सभामा प्रस्ताव पेस हुने भएको छ ।

सांसदहरूलाई बजेट निर्माणमा सहभागी गराउने उद्देश्यले यस पटकदेखि सदनमा प्रिबजेट छलफल गर्न लागिएको हो । कार्यव्यवस्था समितिको आइतबारको बैठकले सोमबार(आज) प्रस्ताव पेस गर्ने निर्णय गरेको थियो ।

प्रिबजेट छलफलपछि सरकारले बजेट निर्माण गरि जेठ १५ गते संसदमा प्रस्तुत गर्नेछ। जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।


क्लिकमान्डु