नेप्सेले सार्वजनिक गर्यो मार्जिन कारोबार गर्न योग्य कम्पनीको सूची, हाईड्रो पावरको संख्या न्यून



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मार्जिन कारोबार गर्न योग्य ११२ कम्पनीको नाम सार्वजनिक गरेको छ ।

मार्जिन कारोबार गर्न योग्य कम्पनीको सूचीमा जलविद्युत समूहका कम्पनीको संख्या भने निकै कम रहेको छ ।

नेप्सेले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पुरा गरेका कम्पनीको नाम सार्वजनिक गरेको छ ।

कारोबार योग्य कम्पनीहरुको सूची सोही कार्यविधिको दफा ९(१) मा रहेको व्यवस्था बमोजिम कम्पनीको सूची सार्वजनिक गरेको जनाएको छ ।


क्लिकमान्डु