आईपीओ निष्कासन गर्दै क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स



काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सेयर आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले चैत ५ गते साधारणसभा बोलाएको छ । सभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव रहेको छ ।

सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने, स्वतन्त्र सञ्चालक नियुक्त गर्ने प्रस्ताव रहेको छ ।


क्लिकमान्डु