कालीकोटको सुनथराली विमानस्थलमा परीक्षण उडान, प्रधानमन्त्रीले उद्घाटन गर्दै



कालीकोट । कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटबाडामा रहेको सुनथराली विमानस्थलमा परीक्षण उडान सम्पन्न गरिएको छ ।

प्राबिधिक टोलीसहित तारा एयरको विमानले आइतबार नेपालगञ्जदेखि सुनथराली विमानस्थलमा परीक्षण उडान गरेको हो।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा उद्घाटन हुने उक्त विमानस्थलमा आइतबार परीक्षण उडान भएको हो ।

उद्घाटन पूर्व सबै पक्षको अध्ययन स्वरूप तारा एयरको नाइन एन एकेएल विमानले परीक्षण उडान गरेको नरहरीनाथ गाउँपालिकाका प्रवक्ता प्रदिप बोहोराले बताए ।

सोमबार १० बजे प्रधानमन्त्रीद्वारा विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।


क्लिकमान्डु