५ अर्ब ६३ करोड लागतमा सुर्खेतको विरेन्द्रनगरमा सडक बन्दै, कहिले होला सम्पन्न ?



काठमाडौं । कर्णाली प्रदेशको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १४ मा ५ अर्ब ६२ करोड ९९ लाख १० हजार रुपैयाँ लागतमा सडक बन्ने भएको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १४ को गढी–बराहताल कार्यपालिका-कल्याणगढ-छाप्रे-दोबाटा-रेक्चा-धनरास-बेनिघाट सडक निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभागको योजना तथा अनुगमन महाशाखाको योजना अनुगमन तथा मूल्यांकन महाशाखा रहेको छ । आयोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन सार्वजनिक गरिएको छ ।

निर्माणका लागि प्रस्ताव गरिएको सडकखण्डको कुल लम्बाई १०२.१३३ किलो मिटर रहेको छ । जसमध्ये २९ किमि नयाँ निर्माण हुने र बाँकी ७३.१३३ किमि स्तरबृद्धि हुने प्रतिवेदनमा उल्लेख गरिएको छ । सडक आयोजनाको मुख्य उद्देश्य प्रस्तावित सडक आयोजनाको निर्माण तथा स्तरबृद्धि गरि स्थानीयलाई यातायातको सुविधा प्रदान गर्नु रहेको प्रस्तावकले प्रतिवेदनमा उल्लेख गरेको छ ।

प्रस्तावित आयोजना सुर्खेतको वीरेन्द्रनगर नगरपालिका गोडीकाँडाबाट सुरु भएर बराहताल गाउँपालिकाको पञ्चपुरी नगरपालिका हुँदै चौकुने गाउँपालिका वडा नम्बर ३ को सिमल गैरा गाउँमा अन्य हुने प्रतिवेदनमा उल्लेख गरिएको छ । नयाँ निर्माण हुने सडक र स्तरबृद्धि हुने सडक गरि यो खण्डमा १९६ वटा पाइप कल्भर्ट र २७ वटा स्ल्याब कल्र्भट निर्माण गरिने प्रस्तावकले जनाएको छ ।

आयोजनाका लागि थप ६४।७ हेक्टर जग्गा स्थायीरुपमा आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । जसमध्ये ३४।८ हेक्टर जग्गा हालको सडकको चौडाई बृद्धि गर्नका लागि आवश्यक रहेको तथा ३० हेक्टर नयाँ सडक ट्रयाक निर्माणका लागि आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आयोजनाको कुल लागत ५ अर्ब ६२ करोड ९९ लाख रुपैयाँ रहेको छ । जसअनुसार प्रतिकिलोमिटर सडक निर्माणका लागि ५ करोड ५१ लाख २४ हजार ९४७ रुपैयाँ लागत लाग्ने देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आयोजना निर्माण सम्पन्न हुन सुरु भएको मीतिबाटद तीन वर्षको अवधि लाग्ने प्रतिवेदनमा उल्लेख छ भने यो समयमा ८ लाख ४५ हजार ७४३ व्यक्ति बराबरको जनशक्ति आवश्यक पर्ने देखिएको प्रसतावकले जनाएको छ ।


क्लिकमान्डु