सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, २७ प्रतिशत हकप्रद ल्याउने



काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ ।

शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट २३.८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.२५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यस्तै कम्पनीले बिमा प्राधिकरणले तोकेको चुक्ता पुँजी ५ अर्ब पुर्याउन २७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव बिमा प्राधिकरणले स्वीकृती गरेर कम्पनीको आगामी आवको साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु