प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने



काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले फागुन २७ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव रहेको छ । यो प्रस्ताव सभाले पारित गरेपछि आईपीओ निष्कासन हुनेछ ।

कम्पनीले सभामा प्रबन्धपत्रको दफा ६ को उपदफा (४) र (५) वमोजिम सर्वसाधारणका लागि छुट्याएको ३० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, साधारण सेयर जारी पश्चात् प्राप्त पुँजीको उपयोग गर्ने जनाएको छ ।

कम्पनीले सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/८० को वासलात, सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सो सम्बन्धी अनुसूची लगायत सोहि अवधिका वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ ।

आर्थिक वर्ष २०७९/८० को कारोवारको लेखापरीक्षण गर्नका लागि सञ्चालक समितिबाट नियुक्त लेखापरीक्षको नियुक्ति र निजलाई उपलब्ध गराएको पारिश्रमिक अनुमोदन गर्ने, आर्थिक वर्ष २०८०÷८१ को कारोवारको लेखापरीक्षण गर्न कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार लेखापरीक्षक नियुक्ती गर्ने तथा पारिश्रमिक र सेवा शर्त तोक्ने प्रस्ताव रहेको छ ।

यस्तै कम्पनीको नियमावलीको नियम २७ को उपनियम (२) (क) मा व्यवस्था भए वमोजिम समुह ‘क’ का संस्थापक शेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ (चार) जना सदस्यहरुको निर्वाचन गर्ने, कम्पनीको नियमावलीको नियम २७ को उपनियम (२) (ग) मा व्यवस्था भए वमोजिम १ (एक) जना स्वतन्त्र विशेषज्ञ सञ्चालकको नियुक्ति गर्ने, सञ्चालक समितिका सदस्यहरुका लागि सञ्चालक समितिबाट निर्धारण गरिएको बैठक भत्ता तथा अन्य सेवा सुविधा अनुमोदन गर्ने प्रस्ताव रहेको छ ।


क्लिकमान्डु