मुद्दती निक्षेप बोलकबोलमा अतिरिक्त ब्याज दिन नपाइने*



काठमाडौं । नेपाल राष्ट्र बैंकले बोलकबोलको आधारमा संकलन हुने मुद्दती निक्षेपमा ०.५ प्रतिशत ‍बिन्दुभन्दा बढी व्याज दिन नपाउने व्यवस्था हटाएको छ ।

बिहीबार राष्ट्र बैंकले एकीकृत निर्देशन मार्फत बैंक वित्तीय संस्थाले प्रकाशित गरेको व्याजदरमा ०.५ प्रतिशत भन्दा बढी नहुने गरि बोलकबोल विधिबाट निक्षेप संकलन गर्नुपर्ने व्यवस्था हटाएको हो ।

यो व्यवस्था हटाएसँगै बोलकबोल विधिबाट संकलन हुने मुद्दती निक्षेपमा बैंकहरुले प्रकाशित व्याजदरमा थप बढी व्याज दिन नपाउने भएका छन् ।

हाल बैंकले पत्रिकामा प्रकाशित गरेको व्याजभन्दा बढीमा ०.५ प्रतिशत व्याज दिने गरि प्रस्ताव पेस गर्छन् । बैंकिङ क्षेत्रमा पहुँच भएकाहरुले प्रकाशित ब्याजदर भन्दा बढी ब्याज सुविधा लिने गरेका थिए ।

*सच्याइएको


क्लिकमान्डु