बीमा सर्भेयर संघको अध्यक्षमा मोहन पुरुष ढकाल पुनःनिर्वाचित



ललितपुर । बीमा सर्भेयर संघ, नेपाल (निसा) को अध्यक्षमा मोहन पुरुष ढकाल पुनःनिर्वाचित भएका छन् । संघको १५ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनबाट नौ सदस्यीय कार्यसमितिको नेतृत्व गर्दै आगामी दुई वर्षका लागि ढकाल अध्यक्षमा पुनःनिर्विरोध निर्वाचित भएका हुन् ।

अधिवेशनबाट उपाध्यक्षमा घनश्याम लेखक, महासचिवमा विकास महर्जन, सचिवमा प्रवेश पौडेल र कोषाध्यक्षमा भानु कँडेल निर्वाचित भएका छन् । यसैगरी संघका सहस्यहरुमा राजेश घिमिरे, सरोज श्रेष्ठ र नविन भट्ट रहेका छन् र
एसोसिएसनको संस्थापक महासचिव हुँदै ढकालले धेरै पटक कार्यसमितिमा उपाध्यक्ष तथा एक कार्यकाल अध्यक्षको जिम्मेवारी बहन गरिसकेका पनि संघले जनाएको छ ।

नवनिर्वाचित अध्याक्ष ढकालले आफ्नो नेतृत्वमा सर्भेयरहरुको साझा संस्था निसालाई नयाँ आयामबाट माथि उठाउन प्रतिवद्घ भएर लाग्ने बताउँदै समग्र बीमा व्यवसायका सरोकारवाला सबै निकायबाट सहकार्य र सहयोगको अपेक्षा गरेको संघको विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु