एमजी र टाटाका विद्युतीय गाडीको मूल्य घट्यो



काठमाडौं । टाटा मोटर्स र एमजी मोटर्सले आफ्ना लोकप्रिय गाडीहरुको मूल्यमा कटौती गरेका छन् ।

यी दुई कम्पनीहरुले भारतीय बजारमा आफ्ना सर्वाधिक बिक्री भइरहेका विद्युतीय गाडीहरुको मूल्यमा कटौती गरेको हुन् । कम्पनीकाअनुसार स्टकमा रहेका गाडीहरलाई बिक्री गरेर बिक्री लक्ष्य हासिल गर्नका लागि मूल्यमा कमी गरिएको छ ।

टाटाले आफ्नो सर्वाधिक चलेको विद्युतीय गाडी नेक्सन इभीको मूल्यमा १ लाख २० हजार भारतीय रुपैयाँ (करिब २ लाख नेपाली रुपैयाँ)सम्म घटाएको छ । भारतीय बजारमा यो गाडीको मूल्य १४ लाख ४९ हजार रुपैयाँदेखि १९ लाख २९ हजार रुपैयाँ भएको छ ।

भारतीय बजारमा सर्वाधिक चर्चित रहेको नेक्सन ईभीको मासिक बिक्री १ हजार ७५० युनिट रहेको छ । त्यस्तै, टाटा टियागोको मूल्यमा ७० हजार भारतीय रुपैयाँसम्म कमी गरिएको छ ।

एमजी मोटर्सले भारतीय बजारमा आफ्नो डेजएस ईभीको मूल्यमा पनि कटौती गरेको छ । कम्पनीले यो गाडीको मूल्यमा ३ लाख ९० हजार भारतीय रुपैयाँसम्म कटौती गरेको हो । एमजीको कमेट इभीको मूल्यमा पनि १ लाख ४० हजार भारतीय रुपैयाँसम्मको कटौती गरिएको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु