सेयरधनीको हात खाली बनाएको कृषि विकास बैंकले बोलायो साधारणसभा



काठमाडौं । कृषि विकास बैंकले फागुन ३० गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ ।

बैंकले सभा बोलाएको भएपनि सेयरधनीको हात खाली बनाएको छ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणका विषयमा छलफल हुनेछ ।

बैंकको सहायक कम्पनीहरु कोष व्यवस्थापन कम्पनी तथा गोबर ग्यास कम्पनीको गत आवको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने प्रस्ताव रहेको छ ।

सभाका लागि भन्दै बैंकले फागुन १७ गते शनिबारदेखि फागुन ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ । फागुन १६ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।


क्लिकमान्डु