टी–२० विश्वकप तयारी: नेपालले भारतको गुजरात र बरोडासँग खेल्ने



काठमाडौं । नेपाली क्रिकेट टिमले आईसीसी टी-२० विश्वकपअघि भारतको राज्यस्तरीय टिमसँग कम्तिमा चार अभ्यास खेल खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको तालिका अनुसार नेपालको राष्ट्रिय टोलीसँगै बरोडा र गुजरात क्रिकेट संघको टोलीले त्रिकोणात्मक टी–२० प्रतियोगिता खेल्नेछन् । उक्त प्रतियोगिता मार्च ३१ देखि अप्रिल ७ सम्म चल्नेछ ।

त्यसअघि नेपालले हङकङमा चार टोली सम्मिलित सिरिज खेल्ने तय छ । त्यहाँ ओमान, पिएनजी र स्थानीय टोलीसँग क्वाड्रान्गुलर सिरिज खेलेपछि नेपाल भारत प्रस्थान गर्नेछ ।

यस्तै अप्रिलमा नेपालले ओमानमा एसिसी प्रिमियर कप पनि खेल्दैछ ।


क्लिकमान्डु