सुनको मूल्य बढ्यो, आज कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो । महासंघकाअनुसार आइतबारको तुलनामा सोमबार (आज) सुनको मूल्य ४०० रुपैयाँ बढीमा कारोबार भइरहेको छ।

महासंघका अनुसार आज छापावाल सुन तोलामा १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ कायम भएको छ। सोमबार तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ५० रुपैयाँ कायम थियो ।

सुनको मूल्य बढे पनि आज चाँदीको मूल्य भने घटेको छ । आइतबार तोलामा १४ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज १३ सय १० रुपैयाँ कायम छ ।


क्लिकमान्डु