टुँडिखेलमा प्रजातन्त्र दिवसः पत्रकारलाई प्रवेश निषेध



काठमाडौं । आज ७४ औं राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ ।

विक्रम संवत् २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको जहाँनिया राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो ।

प्रजातन्त्र दिवसको उपलक्ष्यमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको भए पनि पत्रकारहरुलाई प्रवेश दिइएको छैन ।

पत्रकारहरुलाई प्रवेश नदिएसँगै पत्रकारहरुले बिरोधस्वरुप क्यामेरा डाउन गरेका छन् । सूचना तथा प्रशारण प्रेस कार्ड हुनेहरुलाई पनि प्रवेश नदिएपछि पत्रकारहरुले बिरोध जनाएका हुन् ।


क्लिकमान्डु