नेपाल पुनर्बिमा कम्पनीले माग्यो सीईओ, कसले दिन पाउँछन् आवेदन ?



काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत पदमा आवेदन माग गरेको छ ।

कम्पनीले सोमबार सार्वजनिक सूचना निकाल्दै खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने जनाएको हो ।

प्रमुख कार्यकारी अधिकृतमा आवेदन दिने आवेदनकर्ताले बीमा, मौद्रिक , बैकिङ, बित्तीय , वाणिज्यशास्त्र वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर वा सो सरहको भए पाँच वर्ष, बैंक वा वित्तीय क्षेत्रमा भए आठ वर्ष तथा दुवै क्षेत्रमा भए बीमामा कम्तीमा एक वर्षको अनुभव सहित कम्तिमा सात वर्षको अनुभव हासिल गरेको हुनु पर्नेछ ।

यस्तै चार्टर्ड एकाउन्टेन्सी गरेको वा बीमा , मौद्रिक , बैंकिङ, वित्तीय, वाणिज्य शास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुन विषयमा कम्तीमा स्नातक वा सो सरहको उपाधि हासिल गरेको र कम्तिमा व्यवस्थापक तहमा बिमा क्षेत्रमा भए कम्तिमा दश वर्ष, बैंक तथा वित्तीय क्षेत्रमा भए पन्ध्र वर्ष वा दुबै क्षेत्रमा भए बिमा क्षेत्रमा कम्तिमा एक वर्षको अनुभवसहित कम्तिमा बाह्र वर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ ।

खुला प्रतियोगिताबाट चयन हुने प्रमुख कार्यकारी अधिकृतको चार वर्षको कार्यकाल रहनेछ । कम्पनीले राजनीतिक दलको सदस्य नरहेको व्यक्तिबाट आवेदन माग गरेको छ । इच्छुक उम्मेदवारले ५ हजार दस्तुर बुझाएर आवेदन नेपाल पुनर्बिमा कम्पनीमा पठाउनुपर्नेछ ।


क्लिकमान्डु