ऋण लिएपछि तिर्नुपर्छः कार्यबाहक गभर्नर ढुंगाना



काठमाडौं । नेपाल राष्ट्र बैंककी कार्यबाहक गर्भनर निलम ढुंगानाले ऋण लिएपछि तिर्नुपर्ने बताएकी छन् ।

महिला आर्थिक पत्रकार संघ (फेजा) ले आयोजना गरेको नीतिगत बहस कार्यक्रममा बोल्दै ढुंगानाले ऋण लिएपछि तिर्नुको विकल्प नभएको बताएकी हुन् ।

उनले समग्र अर्थतन्त्रमा समस्या आएको कारण बैंकमा पनि यसको समस्या देखिएको बताइन् । यद्यपी छिमेकी देशहरुको तुलनामा नेपालको एनपिएल कम नै रहेको जानकारी गराइन् ।

नेपालमा वित्तीय क्षेत्रको आकार र पहुँच विस्तार भएको, निजी क्षेत्रमा जाने कर्जा विस्तार भएको र अर्थतन्त्रका अधिकांश सूचक सकरात्मक देखिएकाले बैंकिङ्ग क्षेत्रमा देखिएका समस्या पनि छिट्टै ठिक हुने उनले बताइन् ।

पूँजीगत खर्च बढे समग्र अर्थतन्त्रमा सकारात्मक असर देखिने उनको भनाइ छ।


क्लिकमान्डु