सेन्ट्रल फाइनान्सले पनि बनायो लगानीकर्ताको हात रित्तै



काठमाडौं । सेन्ट्रल फाइनान्सले यस पटक लगानीकर्ताको हात रित्तै बनाएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लगानीकर्तालाई लाभांश नदिने भएपछि सेयर लगानीकर्ताको हात रित्तै हुने भएको हो ।

कम्पनीको ३३५ औँ सञ्चालक समितिको बैठकले लभांश उल्लेख नगरिकनै वित्तीय विवरण राष्ट्रबैंकमा पेश गर्ने निर्णय गरेको हो । राष्ट्र बैंकले स्विकृति दिएपछि कम्पनीले साधारणसभाका लागि मिति तय गर्नेछ ।


क्लिकमान्डु