सवारीसाधन कर्जा नतिरेपछि ५६ जनालाई ऋण तिर्ने ३५ दिने अल्टिमेटम



काठमाडौं । सवारीसाधन बापतको कर्जा नतिरेपछि हुलास फिनसर्भ हायर पर्चेज कम्पनीले ५६ जना ऋणीको सूची निकालेको छ ।

कम्पनीले कर्जा तिर्न नआउने ऋणीको नाम सार्वजनिक गर्दा कर्जा तिर्नका लागि ३५ दिने अल्टिमेटम दिएको हो ।

कम्पनीले ऋणीलाई कर्जा चुक्ताका लागि पत्राचार गरे पनि सम्पर्कमा नआएको भन्दै ३५ दिनभित्र कर्जा चुक्ता गर्न निर्देशन दिएको हो ।

कम्पनीले दिएको समयमा ऋणी सम्पर्कमा नआएको खण्डमा भने सवारी साधन र धितोसमेत लिलामीका लागि प्रकृया सुरु गर्ने कम्पनीले जनाएको छ ।

यी हुन् ५६ जना ऋणी


क्लिकमान्डु