एन्टक र अपाचे बेच्ने जगदम्बा मोटर्सको व्यापार झण्डै ६ अर्बले घट्यो, ५ अर्ब ऋणको रेटिङ



काठमाडौं । जगदम्बा मोटर्स प्रालिको व्यापारमा कमी आएको छ । कम्पनीको सन् २०२३ को व्यापारमा झण्डै आधाले कमी आएको हो । २०२३ मा कम्पनीले ७ अर्ब ८१ करोड २० लाख रुपैयाँको कारोबार गरेको छ ।

सन् २०२० मा ६ अर्ब ६५ करोड ९० लाख रुपैयाँको कारोबार गरेको जगदम्बा मोटर्सको व्यापारमा सन् २०२१ मा उच्च वृद्धि भएको थियो । सन् २०२१ मा कम्पनीले १३ अर्ब १३ करोड ५० लाख रुपैयाँको कारोबार गरेको थियो । त्यस्तै, सन् २०२२ मा पनि कम्पनीको व्यापार १३ अर्ब ६१ करोड ८० लाख रुपैयाँको भएको थियो ।

सन् २०२२ को तुलनामा २०२३ मा कम्पनीको व्यापार ८ अर्ब ८० करोड ६० लाख रुपैयाँले कारोबार कम भएको हो ।

सन् २०२३ मा भने कम्पनीको व्यापारमा केही कमी आएको देखिएको छ । सन् २०१० मा एसजी ग्लोबल प्रालिका रुपमा सुरु भएको कम्पनी सन् २०१५ बाट जगदम्बा मोटर्स प्रालिका रुपमा नेपालमा रहेको छ । यो कम्पनी नेपालका लागि टीभीएस मोटर कम्पनी र प्रोटोन कम्पनीका गाडीहरुको आधिकारिक बिक्रेता रहेको छ । शंखर ग्रुपअन्तर्गत रहेको जगदम्बा मोटर्समा शाहिल अग्रवालको नेतृत्व रहेको छ ।

व्यवसायमा कमी आएको जगदम्बा मोटर्सले ५ अर्ब ३८ करोड ८१ लाख रुपैयाँको कर्जा सुविधाको रेटिङ गराएको छ । कम्पनीलाई रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले १ अर्ब १८ रोड ५४ लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि त्रिपल बि प्लस र ४ अर्ब २० करोड २६ लाख रुपैयाँको अल्पकालीन कर्जा सुविधाका लागि ए टु रेटिङ दिएको छ ।


क्लिकमान्डु