स्टार माइक्रो इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने



काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले साधारण सेयर आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले आगामी वार्षिक साधारणसभामा आईपीओ निष्कासन ल्याउने प्रस्ताव गर्ने भएको छ ।

फागुन ३ गते बसेको बैठकले फागुन २७ गते वार्षिक साधारणसभा बोलाएको छ ।

सभामा कम्पनीले आइपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्न लागेको हो । यस्तै सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका विषयमा छलफल हुनेछ ।

सभामा आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।


क्लिकमान्डु