एनआईसी एशियासहित ७ वाणिज्य बैंक ‘बी’ वर्गमा झरे, हाइड्रोसहित ३१ कम्पनी ‘ए’ मा



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुको वर्गीकरण गरेको सार्वजनिक गरेको छ ।

पुस मसान्तसम्मको अद्यावधिक विवरण अनुसार ३१ वटा कम्पनीहरु ‘ए’ वर्गमा परेका छन् । ‘बी’ वर्गमा ३५, ‘जी’ वर्गमा ७० र मा ७० र ‘जेड’ मा १३५ कम्पनी रहेका छन् ।

‘ए’ वर्गमा ८ वटा वाणिज्य बैंक, ७ वटा विकास बैंक, एक फाइनान्स कम्पनी, ६ माइक्रोफाइनान्स र ३ वटा हाइड्रोपावर लगायत कम्पनी रहेका छन् ।

यता, ‘बी’ वर्गमा ३५ वटा कम्पनी रहेका छन् । जसमा ७ वटा वाणिज्य बैंक नै रहेका छन् । जसमा हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक, एनआईसी एशिया, एनएमबि र प्राइम बैंक रहेको छ ।

नेप्सेले सूचीकृत कम्पनीहरुलाई ‘ए’ ‘बी’ ‘जी’ र ‘जेट’ वर्गमा वर्गीकरण गर्दै आएको छ । आफुलाई चित्त बुझ्दो वर्गीकरणमा नपरेका संस्थाले कारणसहित ३५ दिनभित्र आवेदन दिन सकिने नेप्सेले जनाएको छ ।


क्लिकमान्डु