प्राविधिक समस्यापछि काठमाडौंको आकाशमा घुमाइएको श्री एयरको जहाज सकुशल अवतरण



फाइल तस्बिर

काठमाडौं । प्राविधिक समस्या देखिएको श्री एयरलाइन्सको विमान सकुशल अवतरण भएको छ ।

बिहीबार साँझ सुर्खेतबाट काठमाडौं आउँदै गरेको श्री एयरको विमानको फ्ल्यापमा समस्या देखिएपछि विमान चालकले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा आकस्मिक आवतरणको अनुमति मागेका थिए ।

विमानस्थल कार्यालयका अनुसार उक्त जहाजमा समस्या आएका कारण इन्धन खपत गरेर मात्रै अवतरण गर्नुपर्ने भएपछि केही फन्का काठमाडौं माथिको आकाशमा घुमाइएको थियो ।

श्री एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले भरखरै(६ बजे) विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा सकुशल आकस्मिक अवतरण भएको जानकारी दिए ।

जहाजमा ५२ जना यात्रु सवार थिए ।


क्लिकमान्डु