ललितपुरको सोमनाथ सहकारीले ठग्यो: सञ्चालक, लेखा समिति र व्यवस्थापकलाई कारबाही गर्ने तयारी



काठमाडौं । ललितपुर महानगरपालिकाको सोमनाथ बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्तालाई ठगेपछि सहकारीका सञ्चालक तथा कर्मचारीको खोजी सुरु भएको छ ।

ललितपुर महानगरपालिका–१५ मा ठेगाना भई हाल १८ वडामा रहेको सोमनाथ बहुउद्देश्यीय सहकारी संस्था लि. (दर्ता नं.१२४१) ले बचतकर्ताको पैसा फिर्ता गर्ने सहमति गरेर पनि फिर्ता नगरेपछि ३५ दिनभित्र सबै सञ्चालक, लेखा समिति सहित यस कार्यालयमा उपस्थित हुन महानगरले भनेको छ ।

३५ दिनमा सम्पर्कमा नआएमा सञ्चालक, लेखा समिति र व्यवस्थापकहरुलाई नियमानुसार कारवाही अगाडि बढाइने जनाएको छ ।

सहकारीले बचतकर्ताको बचत फिर्ता नगरेको भनी सोही संस्थाका सदस्य बचतकर्ताहरुले विभिन्न समयमा महानगरमा उजुरी दिएको जनाइएको छ । केही बचतकर्ताहरुसँग संस्थाका सञ्चालकहरु बीच छलफल गराउँदा दुवै पक्षबीच बचत फिर्ता गर्ने सहमती भएकोमा सहमती बमोजिम बचत फिर्ता नगरेको गुनासो बढन थालेका ललितपुर महानगरले जनाएको छ ।

सहमती बमोजिम बचत किन फिर्ता नगरेको ? बचत फिर्ता गर्ने योजना पेश गर्न र उद्योग तथा सहकारी शाखामा सम्पर्क गर्न आउन भनेको छ । ‘यसअघि पटक पटक संस्थाको ठेगानामा पत्र पठाउँदा संस्था बन्द भएको भनी मुचुल्का गरी आएको र १८ नं. वडा कार्यालय मार्फत पत्र बुझाउन पठाउँदा संस्था बन्द भएकोले पत्र बुझाउन नसकेको भनी लेखि आएको हुँदा ललितपुर महानगरपालिकाको सहकारी ऐन २०७५ को दफा ४२ को उपदफा (२) मा कुनै सदस्यले संस्थामा जम्मा गरेको बचत फिर्ता माग गरेमा निजको कुनै दायित्व भए त्यस्तो दायित्व कट्टा गरी बाँकी रकम तोकिए बमोजिम निजलाई फिर्ता गर्नु पर्नेछ भन्ने व्यवस्था रहेकोमा नियमानुसार बचत किन फिर्ता नगरेको ? सहमती बमोजिम बचत फिर्ता किन नगरेको ? संस्था किन बन्द गरेको ? अब बचत के कसरी फिर्ता गर्ने योजना छ ? सो को चित्तबुझ्दो जवाफ ३५ दिनभित्र सबै सञ्चालक, लेखा समिति सहित यस कार्यालयमा उपस्थित भई पेश गर्नु हुन सूचित गरिन्छ ।’ सूचनामा उल्लेख छ ।


क्लिकमान्डु