आयोजना प्रभावितले नकिनेको सेयर थपेर सर्वसाधारणलाई आईपीओ निष्कास गर्दै सर्वोत्तम



काठमाडौं । सर्वोत्तम सिमेन्ट कम्पनीले बुक बिल्डिङ विधि मार्फत सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

आयोजना प्रभावित स्थानियले नकिनेको सेयर थपेर सर्वसाधारणलाई २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ९ लाख ३० हजार कित्ता सेयर निष्कासन गरेको थियो । जसमा उद्योग तथा खानी प्रभावितले २ लाख ४८ हजार ४७० कित्तामा आवेदन दिएका छन् । बाँकी नबिकेको समेत थपेर सर्वसाधारणलाई सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरि सकेको छ ।
कम्पनीले बुक विल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले सेयर निष्कासन गर्न लागेको हो । आईपीओमा फागुन १३ गतेदेखि १६ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा फागुन २७ गतेसम्म आवेदन दिन सकिने छ ।

आईपीओमा न्यूनतम ५० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आईपीओमा लगानीकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।


क्लिकमान्डु