ऊर्जा मन्त्रालयको त्यो चिठ्ठीले ४ दिनसम्म २ किलोमिटर दूरीको इप्पान नभेटेपछि…



काठमाडौं । संघीय राजधानी सिंहदरबारबाट कमलादीस्थित हेरिटेज प्लाजासम्मको दूरी करिब २.१ किलोमिटर छ ।

सडक जाम नहुँदा सवारी साधनमा सिंहदरबारबाट कमलादीस्थित हेरिटेज प्लाजा पुग्न करिब ६ देखि ७ मिनेट लाग्छ । हिँडदै गए बढीमा २० मिनेटमा पुगिन्छ ।

तर, त्यती नजिकको दुरिमा सिंहदरबारबाट पठाएको पत्र पुग्न कति समय लाग्ला ?

यो प्रश्नको उत्तर त्यति गारो अंकगणित होइन ।

नेपालीमा एउटा भनाइ छ, ‘सरकारी काम कहिले जाला घाम’ । यो भनाइलाई चरितार्थ गर्न कर्मचारीहरु नै कसरी मरिहत्ते गरेर लागेका छन् भन्ने उदाहरण चाहिँ यो प्रश्नको उत्तर हो ।

किनकि उर्जा मन्त्रालयले एउटा महत्वपूर्ण छलफलको लागी स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) लाई आइतबार पठाएको पत्र २ किमि टाढा रहेको इप्पानमा चार दिनसम्म अर्थात् बुधबारसम्म पनि पुगेन । कार्यक्रम भने निर्धारित दिन मंगलबार नै सकिसक्यो ।

हुनत उर्जा मन्त्रालयले निकै महत्वपूर्ण विषयमा छलफल गर्न भनेर माघ २८ गते आइतबार बिहान १० बजेर ४३ मिनेट जाँदा हुलाक मार्फत पठाएको पत्र इप्पानमा बुधबारसम्म नपुग्दा अत्यन्त संवेदनशील तथा गम्भिर विषयमा उर्जा उत्पादकसँग मन्त्रालयले छलफल गर्न पाएन भन्ने विषय महत्वपूर्ण हो ।

पत्र धेरै गह्रौ पनि थिएन । जम्मा २० ग्रामको थियो । उर्जा मन्त्रालयले इप्पानमा २० ग्रामको पत्र पठाउन चार युनिट विद्युत सर्वसाधारणलाई बिक्री गरेर आउने पैसा अर्थात ४० रुपैयाँ खर्च गर्याे । तर, त्यो खर्चको प्रतिफल आएन किनकि पाँच दिन पछि पत्र फिर्ता आयो ।

उर्जा मन्त्रालयललाई नगद ४० रुपैयाँ घाटा लाग्यो भन्दा कति ठूलो कुरो होे र लाखौं करोडौं अझ अरबौं अनुत्पादक खर्च भइरहेको नेपालमा ४० रुपैयाको के चिन्ता भन्ने पनि होला । तर, उर्जा मन्त्रालयलाई घाटा यस अर्थमा लाग्यो कि मंगलबार आयाोजित कार्यक्रमको उद्देश्य पनि पुरा भएन ।

फागुन १ गते ११ बजेको कार्यक्रमका लागि उर्जा मन्त्रालयले इप्पानलाई निमन्त्रणा पठाएको पत्र बुधबारसम्म सम्बन्धित ठाँउमा पुगेन । र विशबिार २० ग्रामको पत्र उर्जा मन्त्रालय फिर्ता गयो ।

इप्पानले पनि मन्त्रालयको पत्र नपाएपछि मन्त्रालयले के के गर्दैछ भनेर खोज्दै हिड्ने विषय भएन ।

हुलाक कार्यालयले सम्बन्धित निकायमा तीन दिनसम्म पत्र नपुर्याएपछि निर्धारित समयमा बोलाएको बैठक बस्यो तर, इप्पानको सहभागिता बिना ।

हुलाकले इप्पानको कार्यालय नभेटेपछि पत्र पुर्याएन । बैठकमा इप्पानबाट कोही पनि सहभागि गएनन् । मन्त्रालयका कर्मचारी इप्पानका सदस्यलाई कुरेको कुरयै भए । समयमा इप्पानबाट कोहि सहभागि नआएपछि आफु मात्रै बैठक बसे ।

उर्जा मन्त्रालयका प्रवक्ता नबिन राज सिंहले इप्पानको सहभागिता बिना मंगलबार वैठक बसेको स्विकार्दै वैठकमा विद्युत प्राधिकरण र विद्युत विकास विभागका कमएचारीलाई इप्पानमार्फत कुन आयोजनको अवस्था कस्तो छ, तीन महिनाभित्र प्रशारण लाइनमा जोडिने गरि कति आयोजना तयार भएका छन्, त्यसको विवरण मागि आवश्यक प्रकृया अगाडि बढाउने जिम्मेवारी दिएको छ ।

इप्पानको कार्यालय नभेटेकोे उर्जा मन्त्रालयले पठाएको पत्रको विषय थियो ‘चालु आ.व. २०८०/८१ को विद्युत उत्पादन लक्ष्य मध्ये ५६४ मे.वा. आगामी तीन महिना भित्र हासिल गर्ने सम्बन्धमा’ ।

पत्रमा भनिएको थियो– ‘उपरोक्त सम्बन्धमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रिज्यूको उपस्थितिमा यस मन्त्रालयमा मिति २०८०/०९/१३ मा यस मन्त्रालयमा बसेको सिनियर म्यानेजमेन्ट टिम (एसएमटी) बैठकको निर्णय निर्णय नं २ अनुसार ‘‘चालु आ.व. २०८०/८१ को विद्युत उत्पादन लक्ष्य मध्येको ५६४ मे.वा. आगामी तीन महिना भित्र हासिल गर्न विस्तृत कार्यतालिका बनाई कार्य गर्ने साथै उक्त उत्पादित विद्युत प्रवाह गर्न आवश्यक विद्युत प्रशारण लाईन निर्माणको सुनिश्चितता गर्ने ।’ निर्णय भएको जानकारी गराइन्छ । अत यस आ.व. मा सम्पन्न हुने आयोजनाहरुको निर्माण सम्बन्धि हालसम्मको प्रगति विवरण, बिद्यमान समस्याहरु र समाधान गर्न गरिनु पर्ने आवश्यक कारवाहीबारे छलफल गर्न यस मन्त्रालयमा तपसिल बमोजिमको मिति, समय र स्थान मा उपस्थितिको लागि निर्देशानुसार जानकारी गराइन्छ ।’

यस प्रकारणबाट के स्पष्ट हुन्छ भने प्रविधिले विश्व नै एउटा गाउँको रुपमा परिवर्तन भए पनि नेपालको सरकारी संयन्त्रको कार्यशैली परिवर्तन भएको छैन, हुदैन पनि । र नेपालको विकासको तगारो पनि यहि नै हो ।


सोभित थपलिया