ग्लोबल टुरिजमले पर्यटन क्षेत्रकै ठूलो अवार्ड दिने, ३१ विधामा उत्कृष्ट प्रतिस्पर्धी पुरस्कृत हुने



काठमाडौं । ग्लोबल टुरिजम प्रोमोसन काउन्सिलले आगामी चैत ६ गते पर्यटन क्षेत्रकै ठूलो अवार्ड प्रदान गर्ने भएको छ । काउन्सिलले विभिन्न ३१ विधामा उत्कृष्ट प्रतिपस्पर्धीलाई एउटै मञ्चबाट पुरस्कृत गर्ने भएको छ ।

नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यले पर्यटनका सबैजसो विधालाई समेटेर ‘टुरिजम हिरो अवार्डस्’ प्रदान गर्न लागिएको आयोजक संस्था ग्लोबल टुरिजम प्रोमोसन काउन्सिलका अध्यक्ष धमेन्द्र सापकोटाले बताए । ‘पर्यटन क्षेत्रलाई जागरुक बनाउन र पर्यटन प्रवद्र्धनमा योगदान पुर्याउने संस्थालाई प्रोत्साहित गर्ने उद्देश्यले अवार्ड आयोजना गर्न लागिएको हो’ उनले भने।

पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने ब्यक्ति तथा संस्थाहरू मध्येबाट विभिन्न ३१ विधामा टुरिजम हिरो अवार्डस् प्रदान गरिने भएको छ । यो अवार्ड पर्यटन क्षेत्रको सबैभन्दा ठूलो र धेरै विधामा प्रदान गर्न लागिएको अवार्डस् भएको पनि आयोजक संस्थाका अध्यक्ष सापकोटाको भनाइ छ ।

पर्यटन क्षेत्रमै क्रियाशील ग्लोबल टुरिजम प्रोमोसन काउन्सिलले नेपालमै पहिलो पटक टुरिजम हिरो अवार्डस् २०२४ आयोजना गर्न लागेको हो । प्राप्त आवेदनलाई निर्णायक समितिले गरेको निर्णयका आधारमा राजधानीमै कार्यक्रमको आयोजना गरेर ती अवार्डस् प्रदान गरिने जानकारी समितिले जनाएको छ ।

अवार्ड होटल तर्फका १४ तथा पर्यटनका अन्य १७ विधा गरि कुल ३१ विधामा हुने छ । यो अवार्डका लागि पाँचसय भन्दा बढीले प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

उक्त अवार्डका लागि नोमिनेस खुला भएको छ भने इच्छुक आवेदकले टुरिजम हिरो अवार्डस् २०२४ को आधिकारिक वेबसाइट टुरिजम हिरो डट ओआरजीमा गएर अनलाइन आवेदन दिनुपर्ने छ । यसका लागि सम्बन्धित विधाका योग्य आवेदनकले आफैंलाई र अरूको लागि समेत विस्तृत विवरण भरी नोमिनेसन गराउन सक्ने सुविधा आयोजक संस्थाले दिएको छ ।

आवेदन परेका आधिकारिक नोमिनेसनहरुलाई सर्टलिस्ट गरि भोटिङका लागि योग्य बनाइने आयोजक संस्थाको भनाइ छ । भोटिङका लागि आवश्यक लिङ्क नोमिनेसन भर्ने अधिकारीक ब्यक्ति तथा सर्वसाधारणलाई उपलब्ध गराई बढी भन्दा बढी भोटिङ्का लागि आह्वान गरिने जानकारी पनि दिएको । यसका लागि सम्पूर्ण प्रकृया वेभमा आधारित र निःशुल्क हुने जानकारी आयोजक संस्थाले दिएको छ ।

यस्ता छन टुरिजम हिरो अवार्डका ३१ विधाहरू
अवार्डमा समवेश क्याटगोरीहरु
१. बेस्ट ट्राभल एजेन्सि अफ द इअर
२. बेस्ट ट्राभल एजेन्सि अफ द इअर – होलिडे
३. बेस्ट ट्राभल एजेन्सि अफ द इअर – इनबाउण्ड
४. बेस्ट टेक्नोलोजी फर ट्राभल एण्ड टुरिजम
५. सिईओ अफ द इअर – हस्पिटालिटी
६. सिईओ अफ दि इअर – ट्राभल
७. बेस्ट टुरिजम स्टार्टअफ अफ द इअर
८. टुरिजम पर्सनालिटी अफ द इअर – जर्नालिस्ट
९. टुरिजम पर्सनालिटी अफ द इअर – अन्टरप्रेन्युअर
१०. टुरिजम पर्सनालिटी अफ द इअर – एनआरएन
११. टुरिजम पर्सनालिटी अफ द इअर – वुमन अन्टरप्रेन्युअर
१२. टुरिजम पर्सनालिटी अफ द इअर – ब्राण्डिङ्ग एण्ड मार्केटिङ्ग
१३. मस्ट आईकोनिक इन्फ्रास्ट्रक्चर
१४. म्युनिसिपालिटी अफ द इअर
१५. रुलर म्युनिसिपालिटी अफ द इअर
१६. मेयर अफ द इअर
१७. टुरिजम हिरो २०२४

होटलतर्फ
१. बेस्ट होटल अफ द इअर – फाईभ स्टार
२. बेस्ट होटल अफ द इअर – फोर स्टार
३. बेस्ट होटल अफ द इअर – थ्रि स्टार
४. बेस्ट रिसोर्ट अफ द इअर
५. बेस्ट बुटिक होटल अफ द इअर
६. बेस्ट होटल – टुरिस्ट स्टाण्डर्ड नन् स्टार
७. बेस्ट चेन होटल अफ द इअर – नेशनल
८. बेस्ट होटल अफ द इअर – डिजाईन एण्ड इन्फ्रास्ट्रक्चर
९. बेस्ट होटल अफ द इअर – इको फ्रेण्डली
१०. बेस्ट रेष्टुराँ अफ द इअर
११. बेस्ट चेन रेस्टुराँ अफ द इअर – नेशनल
१२. बेस्ट सेफ अफ द इअर – नेपाली
१३. बेस्ट सेफ अफ द इअर – इन्टरनेशनल
१४. बेस्ट क्यासिनो अफ द इअर


क्लिकमान्डु